१८ कात्तिक, काठमाडौँ । लुकाएको अभियोगमा राष्ट्रिय सूचना आयोगले कारबाही गरेको हो ।
खतिवडालाई १५ हजार रूपैयाँ जरिवाना समेत गरेको आयोगले जनाएको छ । झापा जिल्ला, बाह्रदशी गाउँपालिका–६, हाल काठमाडौँ निवासी बलबहादुर प्रधानले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रमुख खतिवडा र सूचना अधिकारीसमक्ष आफूिकसँग सरोकार भएको सूचनाको माग गरेका थिए । तर उनीहरूले सूचना दिनुको साटो उल्टै लुकाएका थिए । त्यस उजुरीमाथिको छानविन गरी सूचना आयोगले खतिवडा माथि जरिबानाको कारबाही गरेको हो ।
सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदान गरेको नेपाली नागरिकको सूचना माग्ने र पाउने हकको उलङ्घन गरेका कारण कारबाही गरिएको सूचना आयोगले जनाएको छ ।
खतिवडा डा लेख्न मिल्ने अधिकारप्राप्त व्यक्ति होइनन् । तर उनी डा लेख्छन र लेख्न लगाउँछन । अरूले डा साप भनिदिँदा त गमक्क पर्छन । उनी कुनै विषयमा विद्यावारिधी गरेका व्यक्ति होइनन् । नत उनी भेटेनरी वा कुनै विषयका चिकित्सक नै हुन तर डा लेख्ने गरेका छन ।
कसैले सम्मान गरेको आधारमा विद्यावारिधी उल्लेख गर्न पाउने भए आज पूर्व प्रधानमन्त्री देखि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समेतले नामाका अघि डा लेख्ने थिए । तर उनीहरूले सम्माको दुरूपयोग गर्न चाहेनन् । खतिवडालाई नजिकबाट चिनेका दोलखाका एक जना राजनीतिक पार्टीका नेता भन्छन, ‘उनले डा लेख्नेगरी केही अध्ययन गरेको थाहा छैन तर नामका अघि लेखेर हिडिरहेका हुन्छन । उनलाई लाज नभएपछि हामीलाई के को चासो ?’
प्रतिक्रिया