नेकपा एमाले रामेछाप काठमाडौ सम्पर्क मञ्चले सुभ दिपावली २०७८ को पावन अबसर पारेर काठमाडौंमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।

सम्पर्क मञ्चले बिहान ११बजे देखि देउसी भैलो कार्यक्रम गरेको थियो। कार्यक्रममा कलाकार अतिथि लगाएत उपस्थिति भएकाहरूले सामुहिक देउसी भैलो खेलेका थिए। साँस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रममा मिठास थपिएको थियो।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य कमलप्रसाद चौलागाईं , कैलासप्रसाद ढुङ्गेल माधव ढुङ्गेल,वाग्मती प्रदेश कमिटी सदस्य कमलप्रसाद कडरिया ,रत्न गौतम ,प्रेमबहादुर तामाङ एमाले रामेछापका पुर्व सचीव पुरुषोत्तम कडरिया,जिल्ला कमिटी सदस्य शिवप्रसाद न्यौपाने, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे र  लगाएत सहभागी थिए।               प्रकाशित मिति: १८ कार्तिक २०७८, बिहिवार