नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटकको भाइटीकाको साइत सार्वजनिक गरेको छ। पञ्जाङका अनुसार भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको छ।
समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटका लागि भाइटीकाको शुभसाइत रहेको छ। ११ बजेर २ मिनेटका लागि शुभ साइत भएपनि दिनभरी नै टीका लगाउन कुनै छेकबार नभएको उनको भनाइ छ ।
१९ कार्तिक २०७८, शुक्रबार ११:२७
प्रतिक्रिया