नेकपा एमाले रामेछाप काठमाडौ सम्पर्क मञ्चले दिपावलीको अबसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट ९ लाख १३ हजार रुपैयाँ सङ्कलन भएको जनाएको छ। देउसी भैलो कार्यक्रममा  उपस्थित भएका रामेछापेलीले दान गरेको दक्षिणाबाट उक्त रकम सङ्कलन भएको सम्पर्क मञ्चले जनाएको छ।

देउसी भैलो कार्यक्रममा एमाले रामेछापका ईन्चार्ज कैलासप्रसाद ढुङ्गेलले ५० हजार रुपैयाँ देउसी भैलो कार्यक्रमको  आयोजक सम्पर्क मञ्चलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

सङ्कलित दान दक्षिणालाई मुख्यत पार्टी संगठन निर्माण र जनपरिचालनमा खर्च गरिने  नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चका सचिब राकेश श्रेष्ठले बताएका छ्न। पार्टीद्वारा  घोषित कार्य सफल पार्न र  काठमाडौं आइ बसोबास गर्ने रामेछापेलीहरुको दुख सुखमा हातेमालो गर्दै गरिब दुखीहरुको स्वास्थ्य उपचारमा सङ्कलित रकम खर्च गरिने “रोयल ए वान फास्टफुड ग्रुपका सचिब , होटेल एवान प्यालेस शंखमुलको संचालक तथा रामेछाप काठमाडौं सम्पर्क मञ्चका सचिब राकेश श्रेष्ठले तिनलालखबरलाई बताएका छ्न।

२१ कार्तिक २०७८