लिखुतामाकोसी गाउँपालिकामा आर्थिक बर्ष ०७८/७९को  बजेट विनियोजित भएको चार महिना बित्दा समेत गाउँपालिकाबाट  कार्यान्वयन नहुँदा पालिकामा भईरहेका र हुने विकासका कार्यक्रम प्रभावित बनेका छ्न।

लिखुतामाकोशी गाउँपालिका रामेछापका जनप्रतिनिधिहरुबिचको जुँगाको लडाइँबाट पालिकाको बजेट प्रभावित बनेको हो।  उनिहरुको बर्षौ देखिको लडाइँले पालिका बन्धक बनेको छ।

नेकपा एमालेबाट निर्वाचित पालिका अध्यक्ष गोविन्द खड्का,उपाध्यक्ष दिपशिखा दाहाल ,६/७ वडाका अध्यक्ष शिवप्रसाद न्यौपाने र सुवास बोहराबिच उत्पन्न विवाद तथा मनमुटावका कारण लिखुतामाकोशीमा उन्नतिको मार्ग रोकिएको हो।

एकले अर्कालाई दोषारोपण गरेर जनप्रतिनिधिहरु कहिले सम्म उम्किरहने?उनीहरूको व्यक्तिगत रमाइलोको लागि पालिका बन्दक बस्नुपर्ने ?

नेताको मनमुटावका कारण रामेछापमा भएका पालिकाहरुमा विकासको सुचाङ्कलाई खोताल्ने हो भने लिखुतामाकोसीलाई पुच्छरतिर पाँउन सकिन्छ ।

निर्वाचित भएपछि सदैव यी जनप्रतिनिधिहरुले आपसी र नितान्त व्यक्तिगत रङिलामा पालिकाको विकासलाई दाउमा राख्दै आएका छ्न।

बजेट कार्यान्वयन नहुँदा वृद्धभत्ता पाउनु पर्नेले पाईराखेका छैनन।ज्येष्ठ नागरिक रुवाउन समेत पछि नपर्ने यी जनप्रतिनिधिलाई निकम्मा किन नभन्ने?

आसन्न निर्वाचनको मिति तय भएपछि बजेटलाई कार्यान्वयनमा ल्याउने काम मुस्किल हुन सक्छ।यसले लिखुतामाकोशीको विकास पुर्ण रोकिने देखिन्छ । साथसाथै ज्येष्ठ नागरिकको अमुल्य आँसुको मूल्य चुकाउन पर्नेपनि देखिन्छ।

प्रतिनिधिहरुको मति पदभ्रष्ट भई गडबड गर्न सक्दछ्न  ,तर तिनिहरुलाई जनताबाट निर्वाचित गराउने उनिहरुको पार्टी नेकपा एमाले किन टुलुटुलु हेरेर बसिरहेको छ। कतै लिखुतामाकोसी गाउँपालिका कमिटीनै यो कुकर्ममा सम्माहित भएको त छैन?

यदि चुनावको मिति घोषणा हुनु अगावै बजेट कार्यान्वयनमा आउन सकेन भने त्यस्को अपनत्व बहन गर्ने आँट पालिका र एमाले जिल्ला कमिटीले गर्नुपर्ने देखिन्छ।
जनताको जिजिविषा समाप्त पार्न जनप्रतिनिधिहरुले पालिकामा देखाएको नौटङ्कीको  एमाले रामेछाप  दर्शक मात्र हो ? आगामी चुनावमा पक्कै जनताले उत्तर खोज्ने देखिन्छ।

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलवार