नेकपा एकीकृत समाजबादी विदेश विभागको  पहिलो बैठक  बिभागका प्रमुख  झलनाथ खनालको अध्यक्षतामा पार्टी कार्यालय वानेश्वरमा बसेको छ।

उक्त बैठकले विदेश विभागको कार्यालय व्यवस्थित गर्ने,
वर्तमान विश्व कम्युनिष्ट आन्दोलनको बारेमा यथार्थ
स्थितिको अवलोकन गर्ने,विभिन्न देशमा रहेका कम्युनिष्ट पार्टीहरूको  बारेमा अध्ययन गर्ने, सम्पर्क गर्ने र सम्बन्ध विस्तार गर्ने,नेपाली कम्युनिष्ट आन्दोलनको बारेमा मित्र पार्टीलाई जानकारी गराउने,विदेश विभागको तर्फबाट Socialism नामक मासिक पत्रिका नियमित प्रकाशन गर्ने निर्णय गरेको छ।

बैठकले विदेश विभागको सचिवमा विदेश विभाग सदस्य डाक्टर शंकर खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ‌।