काठमाडौँ । जातको कारण कोठा दिन आनाकानी गरेको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छिन । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारले जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको भन्दै उनी विरुद्ध मुद्धा दायर गरेकी थिईन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी गराएका हुन । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो।
९ असार २०७८, बुधबार १४:३४
प्रतिक्रिया