नेकपा एमालेको आसन्न दसौं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न एमाले रामेछाप जिल्ला कमिटी बैठकले पुष्पराज पौडेल “जिवन्त”लाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ।
प्रतिनिधि छनोट निर्वाचन प्रत्येक पालिकामा हुने र पालिकामा निर्वाचन अधिकृत भने प्रमुख निर्वाचन अधिकृत पुष्पराज पौडेल “जिवन्त” ले चयन गर्ने बुझिएको छ।
नेकपा एमाले रामेछापले १२६६२ संगठित सदस्यलाई
प्रतिनिधि छनोट निर्वाचनमा सहभागी गराउने जानकारी प्राप्त भएको छ।
समानुपातिक प्रणाली अन्तर्गत १८ जनाको हाराहारीमा रामेछापबाट प्रतिनिधिहरु राष्ट्रिय महाधिवेशनमा छ्नौट हुने छ्न। जसमा १२ जना पुरुष ५ जना महिला एक जना दलित लगाएतको संभावित सहभागीता रहने बुझिएको छ।
प्रतिक्रिया