कार्तिक २४।नेकपा एमाले रामेछाप लिखुतामाकोसी गाउँपालिका संगठन कमिटीको पालिका अधिवेशन निर्धारण गरिएको समयमा रोकिएर कार्तिक २४ गते पुन गर्ने तय गरिएको थियो। अध्यक्ष सहित अन्य मेजर पाँच पदमा एक भन्दा बढी प्रत्याशी देखिँदा सर्वसम्मत हुन नसकेर पालिका अधिवेशन रोकिएको बुझिएको छ।
आजपनि प्रत्याशीहरुले आ-आफ्नो अडान नछोड्दा बिहानदेखि सर्वसम्मत नेतृत्व चयन गर्न लागिपरेको एमाले जिल्ला कमिटी असफल भईरहेको बुझिएको छ।
जिल्ला सदरमुकाम मन्थलीमा एमाले पार्टी ईन्चार्ज कैलाशप्रसाद ढुङ्गेल,एमाले पार्टी सचिब आनन्द श्रेष्ठ,एमाले पार्टी पुर्व सचिब पुरुषोत्तम कडरिया,वाग्मती प्रदेश कमिटी सदस्य उद्वव कडरिया लगाएत एमाले नेता गण सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छलफल गरिरहेका बुझिएको छ। पालिकामा १४सय भन्दा बढी एमालेको संगठित सदस्य छ्न।
यद्यपि लिखुतामाकोसी गाउँपालिका संगठन कमिटीका अध्यक्ष उद्वव कडरिया सर्वसम्मत नेतृत्व चयनको प्रयासमा भएको उपलब्धिबारे तिनलाल खबरलाई भन्छ्न”सबै प्रत्याशीहरु सकारात्मक हुनुहुन्छ।उहाँहरु लगाएत हामी सबै सर्वसम्मत नेतृत्व चयन हुनेमा ढुक्क छौं ।आ-आफ्नो धारणा राखीरहेका छौं ।आज बेलुका सम्म सर्वसम्मत पालिकाको नेतृत्व चयन गरि प्रतिनिधि छनौट कार्यमा लाग्नेछौ।”
प्रतिक्रिया