२४ कार्तिक । हात को मैला सुनका थैला के गर्नु धनै ले दुई दिनको जीवनमा मरेर लानु के छ र साथी समाज सेवा गरौन निस्वार्थ मनले”। मन्त्र लिएर सथापित भएको“ केशरबहादुर थापा अन्तरे स्मृति समाज” संस्था रामेछापले केही दिन अघी ज्येष्ठ नागरिक सम्मान कार्यक्रम र दीपावालीको शुभकामना आदान प्रधान कार्यक्रम सम्पन्न गरेको थियो।
केशरबहादुर थापा अन्तरे स्मृति समाजले मिति २०७८/७/२२गते मन्थली नगरपालिका वडा नं ६ भलुवाज़ोरमा रहेका सम्पूर्ण स्कूलका विधार्थीलाई ट्रयाक- सुट बितरण गरेको छ।
स्कूलका नाम निम्न अनुसार रहेका छन
१. देविस्थान आधारभूत विद्यालय( जामुनाबोट)
२. शिद्धेस्वर आधारभूत विद्यालय (हात्तीटार)
३.खाडादेवी आधारभूत विद्यालय ( सेलेघाट)
४.श्री आधारभूत विद्यालय (बेतीनी)
कालिका मा.वि. भलुवाज़ोर र कनौरी स्कूलमापनि केहिदिनमा कार्यक्रम गरि ट्र्याक सुट वितरण गर्ने जानकारी स्मृति समाजका अध्यक्ष शङ्करबहादुर थापाले दिएका छ्न।
प्रतिक्रिया