२४ कार्तिक ।मन्थलीको बजारमा आज एमालेजनमा सुँगा रटाईबाट उत्पन्न भइ देखिएको गर्मी भोलि सम्मलाई जारी रहने भएको छ। लिखुतामाकोसी गाउँपालिका संगठन कमिटीको अधिवेशनबाट आजपनि नेतृत्व चयन हुन नसक्दा मन्थलीमा उत्पन्न भएको गर्मीको तापक्रम घट्न सकेको छैन।
बिहानदेखि सर्वसम्मत नेतृत्व चयन गर्न लागिपरेका एमालेका नेताहरू आजपनि असफल भएका छ्न।
बेलुका सम्म नेतृत्व चयन गर्न लागिपरेका नेताहरुको सुरुवालको ईन्जार आज पुन:खुस्किएको बुझ्न सकिन्छ ।जिल्लाका शिर्षनेताहरू को एक दिनको मेहनतलेपनि नेतृत्व चयन गर्न नसक्दा पालिका अधिवेशनले पुर्णता पाउन सकेन।
निर्धारित समयमा अन्य पालिकाको अधिवेशनले पुर्ण नेतृत्व चयन गरिसकेका छ्न।लिखुतामाकोसीमा भने उम्मेदवारका प्रत्याशी र नेताहरूको आफ्नै सुँगा रटाईले गर्दा अधिवेशन आजपनि सफल हुन नसकेको बुझिएको छ।यद्यपि भोलि बिहानबाट पुन अधिवेशन जारीरहने बुझिएको छ।
प्रतिक्रिया