२४ कार्तिक ।नेकपा एमाले रामेछाप १०औ महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन तालिका प्रतिनिधि छनोटको मुख्य कार्यलय रामेछापले  सार्वजनिक गरेको छ। यसै सन्दर्भमा तिनलाल खबरले प्रमुख निर्वाचन अधिकृत पुष्पराज पौडेल “जिवन्त” लाई एक(१)प्रश्न राखेको छ।

१.लिखुतामाकोसी गाउँपालिकामा अधिवेशन दोस्रो चरणमापनि सम्पन्न हुन सकेको छैन।नेकपा एमालेका १४००भन्दा धेरै संगठित सदस्य भएको गाउँपालिकामा  प्रतिनिधि छनोट निर्वाचन तपाईं कसरी गराउनु हुन्छ?

पौडेल : लिखुतामाकोसी गाउँपालिका संगठन कमिटीका सम्पुर्ण उम्मेदवारले जिल्ला पार्टी हेड क्वाटरको निर्णयलाई स्वीकार गर्ने भनेर हस्ताक्षर गरेका छ्न ।त्यसैले भोलि जिल्ला पार्टी हेड क्वाटरले नेतृत्व घोषणा गर्दछ।

सम्पुर्ण संगठित सदस्य निर्वाचन प्रक्रियामा योग्य हुनुहुन्छ
।पालिका कमिटीको समस्याले निर्वाचन प्रक्रियालाई असर गर्दैन।