काठमाडौं : प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधानकार्यालयले बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो। प्रहरी महानिरीक्षकको निर्णयअनुसार मिति २०७८ मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको हो।