२४ कार्तिक काठमाडौं । बागमती प्रदेशमा आज दुई मन्त्री नियुक्त हुँदैछन् । गठबन्धनबाटनेकपा माओवादी बागमती प्रदेशको संसदीय दलको नेता शालिकराम जम्मरकट्टेल र नेपाली कांग्रेसका निमा लामा मन्त्री बन्ने भएका हुन् ।
यसअघि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका जम्मरकट्टेल पुनः सोही मन्त्रालय सम्हाल्दै छन् । कांग्रेसबाट निमा लामा भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।
जम्मरकट्टेललाई आन्तरिक मामिला मन्त्रालय र निमालाई स्वास्थ्य मन्त्रालय दिने कांग्रेस प्रमुख सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिए । उनीहरुलाई आजै अपरान्ह ४ बजे सपथ गराउने तयारी भएको बताइन्छ ।बागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित ४ जनाको मन्त्रीमण्डल रहेको छ ।
प्रतिक्रिया