दोश्रो विश्व युद्ध चलिरहेको बेला सोभियत संघका सर्वेसर्वा जोसेफ स्टालिन थिए। आफ्नो शासनकालमा स्टालिनले रुसको एकीकरण गरे। हिटलरलाई कडा टक्कर दिए। आफ्ना विरुद्धमा आवाज उठाउनेहरुलाई देशद्रोह गरेको आरोपमा मसानघाटमा पुर्याए। उनको तरिका गलत थियो होला तर उनले देशमा आफ्नो नीति अनुकुल शिक्षा कार्यान्वयनमा ल्याए।
मेरो विचारमा तत्कालीन सोभियत संघका सर्वेसर्वा जोसेफ स्टालिनले दुनियाँलाई आफ्नो गुलामी बनाउने अभियान चलाए। युरोप र अफ्रिका निल्ने हिटलरलाई धुलो चटाए। अधर्मलाई सहयोग पुर्याए। मोटामोटी स्टालिनका योगदान यिनै हुन। Quora Inc. बाट
लिखुतामाकोसी गाउँपालिका संगठन कमिटीको अधिवेशन पश्चात् रामेछापका एमाले ईन्चार्ज कैलासप्रसाद ढुङ्गेल र एमाले पार्टी अध्यक्ष शान्तिप्रसाद पौडेललाई स्टालिनसँग तुलना गर्न सुरु भएको छ। रामेछापका लोकप्रिय जनप्रतिनिधि लिखुतामाकोसी ६का अध्यक्ष तथा एमाले नेता शिवप्रसाद न्यौपानेले नेताद्वय ढुङ्गेल र पौडेललाई यस्तो आरोप लगाएका छन।
तपाईंलाई अध्यक्ष नबनाउदैमा नेतालाई आरोप लगाउन पाईन्छ ? तिनलाल खबरको जिज्ञासाबारे अध्यक्षका प्रत्याशी न्यौपाने भन्छ्न”मैले अध्यक्ष नपाएर हैन।मलाई अध्यक्ष हुन कुनै अफ्ट्यारो थिएन , अन्य दुई प्रत्याशी केशरबहादुर पौडेल र भिमबहादुर तामाङले तपाई अध्यक्ष हुने भए सहयोग गर्छौ भन्नुभएको थियो।”
“ईन्चार्ज ढुङ्गेल र अध्यक्ष पौडेललाई मैले एउटा अनुरोध गरेको थिए। पालिका र जिल्लामा पार्टी हितकोलागि पुर्णकालिन पार्टी सदस्यभई लामो समयदेखि क्रियाशील शेरबहादुर थापालाई सहसचिवमा चयन गरे मलाई कुनै पद चाईदैन । मैले नेताद्वयलाई बारम्बार यो अनुरोध गरे”
न्यौपाने ढुङ्गेल र पौडेलको परिवर्तित स्वभावबारे आक्रोशित हुँदै भन्छ्न”उहाँहरुले अहिले गुलामी गरेको मन पराउनु हुँदोरहेछ। जिल्लाको पार्टीलाई स्टालिनले जसरी आफ्नो सर्वेसर्वा ठान्नुहुदो रहेछ। आवाज उठाउन खोज्दा दबाउनु हुदोरहेछ । उहाँहरुको यो रुपको मैले पत्तै पाईन।”
“आज नेकपा एमाले रामेछापमा पालिकाको नेतृत्व चयनमा नेताहरू ढुङ्गेल र पौडेलले देखाएको तानाशाही प्रवृत्ति देख्दा मलाई रुन मन लाग्यो। लामो समयदेखि कृयाशील नेताकार्यकर्ता सम्झेर रुन मन लाग्यो।”
(लिखुतामाकोसी गाउँपालिका वडा ६ का अध्यक्ष ,एमाले नेता तथा पालिका अधिवेशनमा अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका शिवप्रसाद न्यौपानेसँग तिनलाल खबरकोलागि मैना थापाले गरेको कुराकानीको सम्पादित अंश )प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार
प्रतिक्रिया