नेकपा एमाले रामेछापले १०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियालाई छोट्टयाउदै लगेको छ। निर्वाचन कार्यतालिका प्रकाशित गरेको एमालेले प्रतिनिधि छनोट सर्वसम्मत तरिकाले टुङ्गयाउन लागिपरेको छ।जिल्ला पार्टी हेडक्वाटर सहमति जुटाउन लागिपरेको बुझिएको छ।
प्रतिनिधि छनोटका लागि उम्मेदवारी पेस गरेकाहरुबिच सहमति खोज्ने प्रयास भईरहेको छ।हामीले एउटा “क्राईट एरिया बनाएका छौं ।त्यही “क्राईट एरिया”मा रहेर हामी प्रतिनिधि छनोट गर्छौं । सर्वसम्मत प्रतिनिधि छनोटको सवालमा सम्पुर्ण प्रत्याशी सहमत हुनुहुन्छ।सायद बेलुका सम्म प्रतिनिधि छनोट कार्य सम्पन्न गर्ने प्रमुख निर्वाचन अधिकृत पुष्पराज पौडेलले तिनलाल खबरलाई बताएका छ्न।
प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार
प्रतिक्रिया