२६ कार्तिक ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दशौँ राष्ट्रिय महाधिवशेनले छपक्कै छोपेको छ ।
महाधिवेशन बाट नेतृत्वमा स्थापित हुन चाहनेहरुले दौडधुप सुरु गरेका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष केपी ओली पक्का जस्तै देखिएका छन् । अध्यक्ष पछिको सबैभन्दा कार्यकारी पद महासचिव को भन्ने चासो पनि एमालेजनमा देखिएको छ ।
नेतृत्वको लागी खुलेर क्याम्पेनीङ धेरैले नगरे पनि यस पटकको एमाले महधिवेशनवेशनमा महासचिव पदका लागी नेता सुरेन्द्र पाण्डेले तयारी सुरु गरेका छन् । आफुलाई सबैभन्दा स्वाभाविक र सशक्त दावेदारका रुपमा पाण्डेले तयारी अघि बढाएको बताइएको छ ।
नवौँ राष्ट्रिय महाधिवेशनमा पनी पाण्डले महासचिवमा पदमा प्रतिस्पर्धा गरेका थिए । त्यस बेला माधव नेपाल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका उनी झिनो मतले इश्वर पोखरेल सँग पराजित भएका थिए ।
पाण्डे स्वयंमले पनि आफु अघिल्लो पटक पनि महासचिवमा प्रतिस्पर्धा गरिसकेका कारण त्यो भन्दा तल झर्न उपयुक्त नहुने भन्दै सार्वजनिक रुपमा बताइसकेका छन् । यस पटक एमालेको जोड सर्वसम्मत नेतृत्व चयनमा देखिएकाले ओली अध्यक्ष हुँदा महासचिवमा पाण्डे सर्वसम्मत हुन सक्ने बुझिएको छ।
प्रतिक्रिया