काठमाडौं– दक्षिण अफ्रिकी अधिकारीहरुले खुसियामी सिटोले नाम गरेकी महिलाले एकैसाथ दश सन्तानलाई जन्म दिएको भन्दै प्रकाशित समाचारहरु झुटो भएको बताएका छन्।
गौतेङ्ग प्रान्तका अधिकारीले राज्यको कुनै पनि अस्पतालमा दश बच्चाको एकसाथ जन्म भएको रेकर्ड फेला नपारेको बताएका बीबीसीले उल्लेख गरेको छ।
बच्चा जन्माएको भनिएको समयमा खुसियामी सिटोले गर्भवती नै नभएको सरकारी अधिकारीहरुले जनाएका छन्।
अब ति महिलामाथि ‘मेन्टर हेल्थ एक्ट’ अनुसार हेरचाह गरिने र आवश्यक सहयोग गरिने जनाइएको छ। सिटोले दश बच्च जन्माएको झुटो कहानी किन बनाइन् भन्नेबारे केही जानकारी दिइएको छैन।
तर उक्त समाचार सबैभन्दा पहिला छाप्ने प्रिटोरिया न्यूज कम्पनीको इन्डिपेन्डेन्ट अनलाइनले आफूहरुले बनाएको समाचारमा अडिग रहेको बताएको छ।
कम्पनीले खुसियामी सिटोलेले राजधानी प्रिटोरियाको स्टीब बिको एकेडेमिक अस्पतालमा सात जूनमा दश बच्चालाई जन्म दिएकी थिइन् तर अस्पतालमा यति धेरै बच्चालाई एक साथ डेलिभरी गराउनका लागि पर्याप्त तयारी थिएन।
अब प्रिटोरिया न्यूजले आरोप लगाएको छ कि प्रान्तीय स्वास्थ अधिकारी मेडिकल लापरवाहीलाई ढाकछोप गर्न खोज्दैछन्।
तर सरकारी अधिकारीहरुले समाचार संस्थाको यस्तो आरोपको खण्डन गर्छन्। उनीहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लापरबाहीको आरोप झुटो र निराधार छ। यो स्टीव बिको अस्पताल र गौतेङगके प्रान्तीय सरकारको साखमा दाग लगाउने प्रयास हो।’
बयानमा प्रिटोरिया न्यूज र यसका प्रधान सम्पादन पीट रापेडीविरुद्ध कानूनी कारवाहीको चेतावनी दिइएको छ।
एक साथ १० बच्चालाई जन्मदिएको बारे विश्वका चर्चित पत्रपत्रिका, टेलिभिजन, अनलाइन लगायतका समाचार संस्थाले प्राथमिकताका साथ समाचार प्रकाशन र प्रसारण गरेका थिए।
प्रतिक्रिया