काठमाडौं । विवादबीच माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट पत्रकार संगठनको संस्थापक पदाधिकारी एवं सदस्य घोषणा भएको छ ।

समाजवादी प्रेस संगठन नाम दिइएको समितिको संयोजकमा पत्रकार शम्भु श्रेष्ठ चुनिएका छन् । त्यस्तै महासचिवमा भुपराज खड्का र तेजप्रसाद वाग्ले तोकिएका छन् । उपाध्यक्षमा प्रकाश खतिवडा र शितल शाहलगायत चुनिएका छन् ।

संस्थापक पदाधिकारी एवं सदस्य घोषणा कार्यक्रममा तत्कालीन एमालेनिकट प्रेस चौतारीका उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत विभिन्न पदबाट विद्रोह गरेर नेकपा एसमा लागेका पदाधिकारी र सदस्यहरुले नेतृत्व चयनमा एकलौटी भएको भन्दै असहमति जनाएका छन् ।