बन्दुक नियन्त्रणमा पर्याप्त कदम नचालिँदा देशव्यापी रुपमा हत्याका घटनाहरु बढेको भन्दै उनले यसलाई नियन्त्रण गर्नकाे लागि बुधबार ह्वाइट हाउसमा आफ्नो पाँच बुँदे रणनीतिको घोषणा गर्दै थप बजेट प्रदान गर्ने घाेषणा गरेका हुन्।

याेसँगै वाइडेनले कोरोना भाइरस राहत कोषको प्रयोग गरेर अपराधको दर उच्च रहेको क्षेत्रका अधिकारीहरुले थप सुरक्षाकर्मी भर्ती गर्नसक्ने छन्। तर, रिपब्लिकनहरुले अपराध नियन्त्रणमा वाइडेन कमजोर रहेको आरोप लगाउँदै आएका छन्।

  1. यता, आफ्नै पार्टी डेमोक्र्याटिक भित्रका वामपन्थी विचारधारका केही नेताहरुले प्रहरी प्रशासन नै भंग गर्नुपर्ने माग अगाडी सारेका छन्।

यद्यपि, वाइडेनले विभिन्न शहर तथा राज्यहरुलाई कोरोना राहत कोषबाट ३५० बिलयन डलर रकम प्रहरी बल बिस्तारसहितका सर्वसाधारणको सुरक्षाका लागि प्रयोग गर्न अपील गरेका छन्।

आवश्यक परेमा प्रहरीको संख्या महामारी पूर्वको अवस्थाभन्दा पनि धेरै बनाउन सक्ने उनले बताएका छन्। यता, अपराध नियन्त्रण सम्बन्धी रणनीतिमा बन्दुकका डिलर तथा फायरआर्म्सका तस्करहरुमाथि निगरानी बढाउने र नियन्त्रण कायम गर्ने उनले बताएका छन्।