काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा संस्थापन इतर समूहका कांग्रेस नेता कार्यकर्ताबीच हात हालाहाल भएको छ ।
१४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट प्यानलले अग्रता लिएपछि अर्को पक्षले मतगणनास्थलमा आक्रमण गरेको बताइएको छ । सो क्रममा ५ जना घाइते भएका छन् ।
तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले मतगणनास्थल बाहिर केही व्यक्तिबीच झगडा भएको जानकारी आएको बताए । उनले घाइते कति जना भयो किन झडप भयो भन्ने विस्तृत जानकारी नआएको बताए ।
प्रतिक्रिया