केही समय दुई पार्टी एकताको नाउँमा अलमलिएझैं देखिएको नेकपा एमाले यतिबेला देशव्यापी रुपमा सक्रिय भएको छ । १० औं महाधिवेशनले जुरुक्क उठेको एमालेभित्र महाधिवेशनको कारणले यतिबेला विचारको बहसले पनि तीव्रता पाएको छ ।
यही सन्दर्भमा ‘वर्तमान परिवशेनमा नेकपा एमालेको महाधिवेशनः राजनैतिक बहस तथा दिशा निर्देश’ ब्यानरमा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय समितिले आज सोमबार नेपाल प्रज्ञाप्रतिष्ठानमा राजनीतिक बहस कार्यक्रम राखेको परिषद्का महासचिव इन्जिनियर गजेन्द्र थपलियाले जानकारी दिए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको विशेष सम्बोधन तथा महाधिवेशन विशेष नयाँ खुलासा समेतको अपेक्षा गरिएको परिषदको उक्त कार्यक्रम दिउसो १२ बजे प्रज्ञा प्रतिष्ठानको ठूलो हलमा सम्पन्न हुने तयारी रहेको छ ।
प्राध्यापक, बुद्धिजीवी, शिक्षक, पेशाकर्मी तथा राजनीतिक दलभन्दा बाहिरका नीति तथा योजनाविद्हरु समेत उक्त कार्यक्रममा सहभागी गराउने तयारी परिषद्को रहेको छ ।
कार्यक्रममा अध्यक्ष ओलीका साथमा वक्ताका रुपमा स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा तथा शंकर पोखरेल सहभागी हुँदै छन् । त्यस्तै परिषदका इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य टंक कार्की पनि वक्ता रहेका छन् ।
पार्टीभित्र राजनीतिक तरंग नै सिर्जना गरिरहेको बुद्धिजीवीहरुको बहस यस हप्ता देशव्यापी रुपमा चलिरहेका छन् । सुदूरपश्चिम कर्णाली प्रदेश, २ नम्बर प्रदेश र प्रदेश नम्बर ३ मा बहस कार्यक्रमहरु मंसिर लागेदेखि नै चलिरहेका छन् । परिषद्ले ग्रयान्ड डिस्कोर्स’ का रुपमा महाधिवेशन स्थल चितवन सौराहमा यही ९ गते बृहत् बहस गर्ने कार्यक्रम समेत रहेको छ परिषद्ले बताएको छ ।
प्रतिक्रिया