रामेछाप । मंसिर १०-१२मा हुने पार्टीको दसौं महाधिवेशनको प्रचारप्रसारका लागि नेकपा एमाले रामेछापले सदरमुकाम मन्थलीमा बृहत्  मोटरसाइकल र्‍याली गर्दैछ ।

युबा नेता एबम एमाले मन्थली नगर संगठन कमिटि अध्यक्ष रामबाबु घिमिरेले नेतृत्व गर्ने र्‍यालीमा सयौंले सहभागीता जनाउने बताईएको छ।

दिउँसो ३ बजे मन्थली स्थित  पार्टी कार्यलयबाट र्‍याली सुरु हुने बुझिएको छ।थापा चोक- तल्लो रुट हुँदै ट्राफिक चोक -आकाशे पुल बाट फर्केर पुन: पार्टी कार्यलयमा आएर र्‍याली समापन गरिने बुझिएको छ।