नेकपा एमाले रामेछाप जिल्ला कमिटीले आज मन्थलीमा एमालेको दसौं महाधिवेशनको प्रचारप्रसारकोलागि मोटरसाइकल जुलुस गरेको छ।

मन्थलीका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली गरेर जुलुस कोण सभा गरि सम्पन्न भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटी अध्यक्ष शान्तिप्रसाद पौडेलले दसौं महाधिवेशनमा रामेछापबाट सहभागिता जनाउन आह्वान गरेका छ्न।

कोणसभाको संचालक नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरेले गरेका थिए।