विभिन्न मानव अधिकारवादी संस्थाहरुले नेपालका सभामुख अग्निप्रसाद सापकोटालाई स्पेनको मड्रिडमा हुने अन्तर्राष्ट्रिय संसदीय संघ (आईपीयू) को सभामा सहभागी नगराउन आग्रह गरेका छन्।
नेपालको जवाफदेही निगरानी समितिसहितका संघ संस्थाहरुले अन्तर्राष्ट्रिय संसदीय समितिका अध्यक्षसहितलाई पत्र लेख्दै सभामुख सापकोटालाई सहभागी नगराउन आग्रह गरेका हुन्।
जवाफदेही निगरानी समितिले लेखेको पत्रमा सशस्त्र द्वन्द्वको समयमा भएको एक हत्याको घटनामा सभामुख सापकोटाविरुद्ध प्रहरीले गरेको अनुसन्धान तामेलीमा रहेको उल्लेख गरेको छ।
स्पेनको विदेश मन्त्रालय र नेपाल समेत हेर्ने भारतस्थित स्पेनी दूतावासलाई समेत सम्बोधन गरिएको उक्त पत्रमा अन्तर्राष्ट्रिय अपराधको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत सापकोटामाथि अनुसन्धान गर्न पनि आग्रह गरिएको छ।
मंसिर १० देखि १४ गते (नोभेम्बर २६ देखि ३०) सम्म स्पेनको मड्रिडमा हुने अन्तर्राष्ट्रिय संसदीय संघ (आईपीयू) को १४३ औं सभाका लागि सभामुख सापकोटालाई पनि निमन्त्रणा छ।
प्रतिक्रिया