मैना थापा। रामेछाप जिल्लाका एमाले नेता कैलाश ढुङ्गेलले एमालेको दशौं महाधिवेशनमा केन्द्रिय सदस्यको रुपमा उम्मेदवार हुने घोषणा गरेका छन् ।
विद्यार्थी राजनीतिबाट कम्यूनिष्ट आन्दोलनमा प्रवेश गरेका ढुङ्गेल रामेछापका पुराना क्रियाशील बामपन्थी नेताको रुपमा परिचित छन् ।
पञ्चायत कालदेखि नै सक्रिय राजनीतिमा रहेका ढुङ्गेलले नेकपा एमालेको विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।
नेपाल संघियतामा प्रवेश गरिसकेपछि स्थापित प्रदेश सरकार अन्तर्गत बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत भईसकेका कैलाश ढुङ्गेल अहिले पनि नेकपा एमाले केन्द्रिय सदस्यको रुपमानै क्रियाशील छन् ।
एमाले दशौं महाधिवेशमा तपाईँको उम्मेदवारी के का लागि ? भन्ने प्रश्नमा नेता ढुङ्गेलले ‘आफूले निरन्तर रुपमा पार्टीको संगठनमा काम गरेको तथा पार्टी निर्माणको इतिहासमा आफ्नो पनि योगदान रहेकाले आफूले उम्मेदवारी दिएको’ बताए ।
ढुङ्गेलले ‘चार दशक लामो आफ्नो राजनीतिक अनुभवलाई केन्द्रिय नेतृत्वमा रहेर योगदान गर्न सके पार्टीले लिएको समृद्ध नेपाल सुखी नेपालीको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न सहयोग पुग्ने दावी’ गरे ।
पछिल्लो समय विकास प्रेमी नेताको रुपमा समेत पहिचान बनाउँदै गएका ढुङ्गेल बि.स.२०३५ सालबाट विद्यार्थी राजनीतिमा क्रियाशील रहँदै पार्टीको पूर्णकालिन कार्यकर्ता बनेका बनेका थिए ।
२०३९ सालमा रामेछाप जिल्ला पार्टीको संस्थापक समदस्य भएका ढुङ्गेलले २०४३ सालमा रामेछाप र मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर पार्टी काममा सरिक भएका थिए ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलन पश्चात प्रजातन्त्र पुनस्थापित भएपछि रामेछाप जिल्लामा एमालको पहिलो जिल्ला महाधिवेशन मार्फत पार्टी सचिवको रुपमा जिल्ला नेतृत्वमा आएका थिए ।
२०५४ सालको स्थानीय निर्वाचन पश्चात तत्कालिन जिल्ला विकास समितको जिल्ला सभापति समेत भएका ढुङ्गेलले २०५१ सालमा दोलखा रामेछाप सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्षको रुपमा समेत काम गरिसकेका छन् ।
एमाले अध्यक्ष के.पी सर्माओलीसँग दशकौं अगाडिदेखिबाट निकट रहँदै आएका ढुङ्गेलले बागमती प्रदेश भूगोलबाट सदस्यका लागि उम्मेदवारी दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया