काठमाडौं । युवा नेता रामप्रसाद रिजालले सँधै विधी र पद्धतिको कुा गर्ने माधव नेपालले आफ्नै पार्टी नेकपा (एकीकृत समाजवादी) मा विधिः पद्धति लागु नगरेको आरोप लगाएका छन् । काठमाडौंमा एक अनलाईन टेलिभिजनसँग कुरा गर्दै नेता रिजालले यस्तो बताएका हुन् । उनले भने, ‘एकीकृत समाजवादीमा स्थापना हुँदैं केन्द्रीय कमिटी देखि तल्लो कमिटी निर्माण मै विधिः पद्धति मिचिएको छ । एक व्यक्ति एक पद पार्टीमा लागू नभएको प्रस्ट छ ।’
एउटा व्यक्तिले पाँच देखि ६ वटा पदसम्म पाएको तर कसैलाई क्षमता हुँदा हुँदै पनि जिम्मेवारी नदिएको भन्दै नेता रिजालले योगदान योग्यता क्षमताको अब मूल्यांकन भएकोले आफूले नेकपा एकिकृत समाजवादी पार्टीको केन्द्रीय परिषदबाट राजीनामा दिएको हुँ ।
‘नेकपाको १७४ सिट संख्या सांसद भएको पार्टीको केन्द्रीय समिति सदस्य बनाउने प्रचण्ड र माधव नेपालले सहमति गरेको कारण म लगायत मेरो नेतृत्वमा ६० जनाको हाराहारीमा तत्कालिन नेकपा प्रवेश गरेको थियौं’ उनले भने, ‘अहिलेको माधव नेपालले धोखा दिए ।’
नेता रिजालले अहिलेको माधव नेपालको पार्टी भन्दा उपेन्द्र बावुराम भट्टराईको ठूलो पार्टीको सह–प्रवक्ता छोडाएर माधव नेपालले आफूलाई केन्द्रीय परिषदमा राखेर अपमान गरेको बताए । माधव नेपालले अपमान गरेपछि पार्टीको केन्द्रीय परिषद्बाट राजीनामा दिएको रिजालको भनाई छ ।
उनले भने, ‘केन्द्रीय कमिटीमा बसेको नेताहरूले प्रदेश कमिटी विभिन्न विभाग र जिल्लामा पनि बसिरहेकोले विशेष गरी केन्द्रीय कमिटी बसेका नेता हरूले केन्द्रीय कमिटीबाट राजीनामा दिए मात्र प्रदेश कमिटीमा बसाउन आग्रह गर्दुछ ।’ प्रदेशमा बस्नेले केन्द्र छोड्नु पर्ने र केन्द्र मा बस्नेले प्रदेश कमिटी छोड्नु पर्ने उनले बताए ।
माधव नेपाललाई पार्टी भित्रकै बिचौलिया हरुले घेरामा पारेकाले नेपालको समाजवादी पार्टी नाम मात्रको समाजवादी भएको उनले बताए । आफूले एकीकृत समाजवादी पार्टीलाई ठूलो रकम दिन नसक्दा केन्द्रीय कमिटीमा नराखेको तर मेरो योग्यता क्षमता र भविष्यलाई कसैले खोस्न वा मेटन नसक्नेमा आफू ढुक्क रहेको उनले बताए । उनले भने, ‘म पद को लागि राजनीतिमा आएको होइन तर गिरेर डोमिनेट भएर कुनै पनि पार्टीमा रहन सकिदैन ।’
प्रतिक्रिया