चितवनमा जारी नेकपा एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी पूर्व माओवादी लडाकूहरूले आफ्ना पूर्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन्।
उनीहरूले प्रचण्ड नेतृत्वको आफ्नो पूर्व पार्टी राजनीतिमा पटक-पटक चुकेकोले नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वमा आफूहरू गोलबन्द भएको प्रतिक्रिया दिएका छन्।
महाधिवेशनले माओवादी छाडेर एमालेमा समाहित कैयन् नेता कार्यकर्तालाई ‘उचित स्थान र जिम्मेवारी’ दिने आफूहरूको विश्वास रहेको उनीहरूले बताए। BBC बाट
प्रतिक्रिया