प्रजातान्त्रिक प्रक्रियाको सुनौलो प्रस्तुति हो निर्वाचन प्रक्रिया । एमाले दशौं महाधिवेशनमा अहिले यहि सुनौलो अभ्यास भईरहेको छ।
अधिकतम लचकता अपनाएर बन्दसत्रको हलबाट एमाले अध्यक्ष केपि शर्मा ओलीले सर्वसम्मत पदाधिकारी चयन गर्न गरेको प्रयास असफल भएपछि बन्दसत्रको हल चुनावी प्रक्रियामा गएको थियो।
यद्यपि ठूलो संख्यामा नेताहरू निर्विरोध निर्वाचित भईसकेका छन।
त्यस्तै रामेछापका माधव ढुङ्गेल केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित भइसकेका छ्न भने अर्का केन्द्रिय सदस्यका उम्मेदवार कैलाश ढुङ्गेल चुनावी मैदानमा छ्न।
रामेछापबाट चितवन पुगेका एमाले महाधिवेशन प्रतिनिधिहरु मतदान प्रक्रियामा सहभागी भएका छ्न।
प्रतिक्रिया