काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
ओली खसेको मतको तीन चौथाई भन्दा बढी मत प्राप्त गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित हुँदा उनीपछिको दोस्रो बरीयताको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका छन् ।

दुई पटक पार्टीको महासचिव निर्वाचित भएका पोखरेल वरिष्ठ उपाध्यक्षमा भने प्रतिस्पर्धाविहीन भए । त्यस्तै महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

६ उपाध्यक्षका लागि भएको निर्वाचनमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ सचिवका लागि ९ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन् ।

घनश्याम भुसाल  ७२५                                                   निर्वाचित उम्मेदवारले पाएको मत परिणाम औपचारिक रूपमा एकैपटक सार्वजनिक गरिने निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बताए ।एमाले उपाध्यक्षको मत परिणाम
अष्टलक्ष्मी शाक्य १९७६
सुरेन्द्र पाण्डे १९२५
सुवास नेम्बाङ १८६५
विष्णु पौडेल १८५६
युवराज ज्ञवाली १८४२
रामबहादुर थापा बादल १७६८
घनश्याम भुसाल ७२५
सचिव
गोकर्ण विष्ट :- १९७६ बिजयी
योगेश भट्टराई :- १९६४ बिजयी                                      छविलाल बिश्वकर्मा :- १८०० बिजयी
पद्मा अर्याल :- १८०० बिजयी
लेखराज भट्ट :- १७०४ बिजयी
टोपबहादुर रायमाझि :- १७०० बिजयी
रघुबीर महासेठ :- १५१३ बिजयि
भिम आचार्य :- १३०० उपबिजयी
टंक कार्की :- ५००