काठमाडौं : एमाले दशौं महाधिवेशनबाट करिब आधा  दर्जन दम्पति केन्द्रिय कमिटीमा समावेश भएका छन्।कोही दम्पती सर्वसम्मत  निर्वाचित भएर केन्द्रिय कमिटीमा पर्न सफल भएका छ्न भने कोहि निर्वाचित भएर।

यी भाग्यमानी जोडीले मुलुककै शक्तिशाली कम्युनिस्ट पार्टी एमालेको केन्द्रिय कमिटीमा केन्द्रिय सदस्य र पदाधिकारी  हुने अवसर पाएका छ्न ।

यीमध्ये सबैभन्दा भाग्यमानी एमालेका पुराना नेता कृष्णगोपाल श्रेष्ठ भएका छन् ।उनिहरु दुबै केन्द्रिय कमिटीमा समेटिएका छ्न।
श्रेष्ठ दम्पति प्रतिनिधि सभामापनि निर्वाचित भएका थिए। श्रेष्ठकी पत्नी महिला नेतृ बीना श्रेष्ठ समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि निर्वाचित सदस्य समेत हुन ।

अर्का भाग्यमानी दम्पती हुन पोखरेल दम्पती ।
एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध भएका छ्न।उनको श्रीमती सुजिता शाक्यपनि केन्द्रिय कमिटीमा समावेश भएकी छिन।  पोखरेल दाङ क्षेत्र २‘क’बाट निर्वाचित भएका थिए भने शाक्य एमालेको प्रतिनिधि सभाको समानुपातिकबाट सांसद बनेकी थिईन। पोखरेल प्रदेश ५ का मुख्यमन्त्री समेत भएका थिए ।

एमाले महाधिवेशनबाट शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई दुवै एमाले केन्द्रिय कमिटीमा समावेश हुने मौका पाएका छ्न । तामाङ सिन्धुपालचोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने राई प्रदेश नम्बर १ बाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा चुनिएकी थिईन ।

एमाले नेता रघुवीर महासेठ र  श्रीमती जुलीकुमारी महतो दुवै केन्द्रिय कमिटीमा अटाएका छ्न। महासेठ एमाले महाधिवेशनबाट सचीवमा निर्वाचित भएका छ्न । महासेठ धनुषा  क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए भने महतो प्रतिनिधि सभाको समानुपातिकतर्फ महिला मधेशी कोटाबाट सांसद बनेकी थिईन ।

यद्यपि नेताहरुले भने पार्टीले नेता पत्नीका रुपमा नभई पार्टीमा महत्वपुर्ण भुमिका खेलेका कारण समानुपातिक सांसद र केन्द्रिय कमिटी सदस्य बनाइएको बताएका छन् । नेताहरुको नेता पत्नीका रुपमा नभई महिला नेतृहरुले पार्टी र जनसंगठनमा पुर्‍याएको योगदानको कदर गर्दै केन्द्रिय कमिटीमा ल्याएर  थप जिम्मेवारी दिइएको बताएका छन् ।

दम्पति सांसद र केन्द्रिय सदस्य 
शंकर पोखरेल र सुजिता शाक्य
शेरबहादुर तामाङ र उषाकला राई
रघुवीर महासेठ र जुलीकुमारी महतो
कृष्ण गोपाल श्रेष्ठ र बीना श्रेष्ठ