१५ मंसिर ।नेपाली कांग्रेस रामेछापका नवनिर्वाचित सभापति कान्छाराम उर्फ पुर्णबहादुर तामाङ विवादमा तानिएका छ्न।
पञ्चमुल जोड्ने आँधिखोला स्याङ्जाको पुल अलपत्र पारेको भन्दै स्थानीय विरोधमा उत्रिएका छ्न ।
५ बर्षमा सक्नेगरी ठेक्काको सम्झौता गरेका कान्छाराम तामाङले काम सम्पन्न गर्न थप सम्झौता गरेका थिए।
थपिएको सम्झौता सकिन लाग्दासमेत मुख्य ठेकेदार रामेछाप नेपाली कांग्रेसका सभापति पुर्णबहादुर तामाङले वेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएका छ्न।
अब काम सुरु नगरे बनेको संरचना भत्काईदिने निर्णयमा स्थानीय पुगेको आँधिखोला गाउँपालिका १ स्याङ्जाका हरी ढकालले तीनलाल खबरलाई बताएका छ्न।
मुख्य ठेकेदार तामाङ र सहायक ठेकेदार ॠषीराम गौतमलाई बारम्बार सम्पर्क गर्दा समेत सम्पर्कमा नआएकोले सामाजिक संजाल फेसबुकमा दुबै ठेकेदारको कर्तव्य सार्वजनिक गरेको दावी ढकालले गरेका छ्न।
दक्षिण एसियाको पहिलो होमस्टे सिरुवारी होमस्टे जोड्ने पुल ठेकेदारको बदमासीले अलपत्र परेको छ। अब कि यो काम रद्ध गरिनुपर्छ कि सुरु गर्नु पर्छ । यो पुल नबन्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ। आर्थिक रुपमा समेत ठूलो असर पुगेकोले समाजिक धमिराहरुलाई नष्ट गर्नुपर्ने ढकालले बताएका छ्न।
प्रतिक्रिया