काठमाडौं, १६ मंसिर । चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको जारी एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी छिन् । उनले भर्खरै उम्मेद्धवारी घोषणा गरेकि हुन।
हिजो (बुधबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा उम्मेद्धवारी दिएकी हुन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी थापाले अध्यक्षका उम्मेद्धवार राजेन्द्र लिङ्देनको प्यालनबाट उम्मेद्धवारी दिएकी हुन् ।
थापाले महिला महामन्त्रीमा उम्मेद्धवारी दिएको जनाईन् । लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ।
प्रतिक्रिया