नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ हतारमा स्याङ्जा पुगेका छ्न। तीनलाल खबरमा तामाङद्वारा निर्माणाधीन पक्की पुल अलपत्र परेको समाचार प्रकाशित भएपछि उनी स्याङ्जा पुगेका छ्न।
राष्ट्रियरुमै बदनाम हुन थालेपछि आफुले गरेको गलत कामको बारेमा ब्रीफिङ गर्न तामाङ स्याङ्जा पुगेका हुन।
स्याङ्जा पुगेर ४५ दिन भित्र पुल निर्माण सक्ने वाचा गरेर तामाङ स्याङ्जाबाट सुरक्षित उम्किएका छ्न।
तोकिएको समयमा कार्यसम्पन्न नभएपछि नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङको विरुद्धमा स्याङ्जाका स्थानीय आन्दोलित भएका थिए।
तामाङ बिहिवार अकस्मात स्याङ्जा पुगे।स्थानीयलाई ४५ दिनमा पुलको निर्माण सम्पन्न गरिसक्ने वाचा गरे।
तर ७ बर्ष हराएका ठेकदारको आश्वासन मान्न स्थानीय तयार छैनन । बर्षा सुरुहुनु अगाडिनै पुल निर्माण सप्पन्न भए हामी आभारी हुने थियौ । आँधीखोला एक का स्थानीय हरि ढकालले तीनलाल खबरलाई बताएका छ्न। भिडियो तीनलाल खबरको फेसबुक पेजमा हेर्न सकिन्छ।
प्रतिक्रिया