औपचारिक कार्यक्रमको निम्ति दिल्ली गएका नेपालका एकजना मन्त्रीमाथि दुर्व्यवहार भएको छ ।

दिल्लीको सरकारी अशोका होटलमा हस्पिटालिटी अवार्ड सिष्टमबारे आयोजित एक सेमिनारमा भाग लिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आफ्नै कर्मचारीबाट अपमानित भएका हुन् ।

मन्त्री जुन कार्यक्रमका लागि त्यहाँ पुगेका थिए, उक्त कार्यक्रममा कार्यवाहक राजदूत रामप्रसाद सुवेदी पुगेनन् ।

मन्त्रीका सरकारी भेटघाट दूतावासले मिलाउनुपर्ने हो । त्यसमाथि भारतसँग हवाई रुटदेखि नेपालका अनेकन पर्यटकीय र साँस्कृतिक मामिला छन् ।

त्यसबारे कुरा गर्नुपर्ने विषयलाई मध्यनजर गर्नुपर्ने कार्यवाहक राजदूत उक्त कामबाट पन्छिएमात्र हैन, मन्त्री आफैँले मिलाएको समय पनि भाँड्नलाई अनेक प्रयत्न गरेको मन्त्रालयको गुनासो छ ।

भारतमा सिभिल एभिएसन (नागरिक उड्डयन) मन्त्री छन्, ज्योतिरादित्य माधवराव सिन्धिया । राप्रपा अध्यक्ष पशुपतिसमशेरको ससुराली खलकका । मन्त्री आले पहिला मुम्बई बस्थे । त्यसबेलै सिन्धिया परिवारलाई चिनेका ।

यसचोटि दिल्ली जाँदा दूतावासका कर्मचारीबाट धोका भएपछि लण्डनमा बस्ने एकजना साथी, जो मुम्बई बस्दा चिनजानका थिए, तीमार्फत आलेले मन्त्रीकी आमा माधवीराजेसँग सम्पर्क गरेर भेट्ने समय मिलाए ।

मन्त्रीले यति दुःख गरी गरी समय मिलाएर गाडीमा गान्धी भवन जाँदा कार्यवाहक राजदूतले ‘भेट हुँदैन बरु बेइज्जत हुन्छ हजुर’ भन्दै निरुत्साहित पारिरहेका थिए ।

समय मिलाउन पहल गरिरहेको जस्तो गर्न गाडीबाटै आफ्नी पिएलाई सोधेजस्तो गर्दै पनि थिए ।

उनलाई भनिएकै थियो– मन्त्रीले आफ्नै च्यानलबाट समय लिइसकेको कुरा ! एक त आफूले टाइम मिलाएनन्, त्यसमाथि मन्त्री आफैँले मिलाएर भेट्न खोज्दा पनि भाँजो हाल्न खोजे ।

तर, त्यहाँ गएपछि २५ मीनेटसम्म कुराकानी भयो, डिसिएम सुवेदी हेरेको हेर्यै भए । भोलिपल्टको बिदाईमा पनि झण्डावाल गाडी गएन । थोत्रो गाडी देखेपछि मन्त्रीले आफैं अर्काे गाडीको व्यवस्था गरेर विमानस्थलतिर लागे ।सडक संचारबाट