नेकपा एमाले राकाथुम -काठमाडौं सम्पर्क मञ्चले बृहत भेला सम्पन्न गरेको छ।
भेलाले गाउँ सम्पर्क मञ्च गठन गठन गर्नुको साथै एमाले केन्द्रिय महाधिवेशनबाट निर्बाचित भएका केन्द्रिय कमिटी सदस्यहरुलाइ सम्मान गरेको छ।
कार्यक्रमको अध्यक्षता सन्दीप श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन राजेस श्रेष्ठले गरेका छ्न।
कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य एवं रामेछाप इन्चार्ज कैलाश ढुंगेल थिए।
विशेष अतिथि एमाले केन्द्रिय सदस्य माधब ढुंगेल थिए।
कार्यक्रमबाट प्रदेश कमिटी सदस्य ज्ञानकुमार श्रेष्ठ ,सुमन लामा सहित नेपाली काङ्ग्रेस र माओबादी केन्द्र परित्याग गरि ८४ जना एमालेमा प्रवेश गरेका छ्न।
भेलाले प्रबिन श्रेष्ठ को अध्यक्षतामा ३५ सदस्यीय राकाथुम काठमाडौं गाउँ सम्पर्क मञ्च गठन गरेको जानकारी रामेछाप काठमाडौं सम्पर्क मञ्चका सचीव राकेश श्रेष्ठले दिएका छ्न।
प्रतिक्रिया