रामेछाप लिखुतामाकोसी गाँउपालिका वडा नम्बर तीनका रामबहादुर दमाई(साने) बेपत्ता भएका छ्न।

७१ बर्षका “साने”  मंसिर १३ गते लिखुरा,जेठी लिखुतामाकोसीबाट साँझपखबाट सम्पर्क विहिन भएका हुन।

“साने” को साथमा रहेका बिरे दमाई(ठुला कान्छा)को  जानकारी अनुसार “ठुला कान्छा ट्वाइलेट गर्न गएका थिए।सानेलाई बाटोमा राखी थोरै दुरिको घारीमा  शौचकार्य गरे।  करिब ५ मिनेटमा फर्कदा  साने थिएनन। ६ बजिसकेकोले साने घरतर्फ हिँडे होला भन्ने सोचेर म घर तर्फ हिडे।”

साने हराएको आज एक हप्ता हाराहारी भईसक्दा समेत उनको अत्तोपत्तो छैन। स्थानीय दिपक सुन्दासका अनुसार रामेछाप प्रहरीले साने हराएको स्थान वरपर सामान्य खोजतलास गर्ने काम मात्र गरेको छ।

लामो समय व्यतीत भईसकेको छ। दक्ष प्राविधिक टोलि सहितको अनुसन्धान टोलि मगाउने र घटनाको सत्यतथ्य जाचँबुझ गर्न  चासो र तत्परता नदेखाएको सुन्दास दावी गर्छ्न।

गाँउपालिका अध्यक्ष गोबिन्दबहादुर  खडका देखि  सामाजिक अभियनता र राजनीतिककर्मी बाट पनि सहयोग नपाएको सुन्दास बताउछ्न।

खोजी कार्यमा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन,पत्रकार ,युवा  र स्थानीय अगुवालाई सहयोग गर्न सुन्दासले अनुरोध गरेका छ्न।