२१ मंसिर । दोस्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिताको फाईनल खेल मन्थली नगरपालिका रामेछाप कुनौरी खेल मैदानमा आज सम्पन्न भएको छ।

फाईनल खेलमा वाग्मती प्रदेशका मकवानपुर र रामेछाप जिल्लाले प्रतिस्पर्धा गरेका थिए।

रामेछापले “ए”ले मकवानपुरलाई ३-१ले पराजित गरेको छ। रामेछाप “बी” ले भने चौथो स्थानमा चित्त बुझाएको छ।

प्रतियोगितामा १६ जिल्लाका १९ टिम र खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

मन्थली नगरपालिका प्रायोजक रहेको माझी गोल्डकपको सह प्रायोजक खाँडादेवी गाउँपालिकाले गरेको थियो। नेपाल माझी उत्थान संघ रामेछापले दोस्रो माझी गोल्डकपको आयोजना गरेको थियो।

६ गोल गरेका मकवानपुरका वावुराम तामाङ  उत्कृष्ट गोलकर्ता,मकवानपुरकै अनिल माझी उत्कृष्ट स्ट्राइकर घोषित भए।

आयोजक रामेछाप “ए” का भिमबहादुर माझीले उत्कृष्ट डिफेन्डर हाता पार्दा माईते माझी उत्कृष्ट गोलकिपरबाट सम्मानित भएका छ्न।

ईश्वर माझी उत्कृष्ट मिल्डफिल्डर घोषित हुँदा दिपक घिमिरे माझी उत्कृष्ट कोच घोषित भएका छ्न।

सर्वोकृष्ट खेलाडीको उपाधी भने स्याम माझीले पाएका छ्न।

खेल समापन समारोहका प्रमुख अतिथि नेकपा एमाले का केन्द्रिय सदस्य एवं एमाले रामेछाप ईन्चार्ज कैलासप्रसाद ढुङ्गेल थिए ।

मन्थली नगरपालिकाका मेयर रमेस बस्नेत,खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ,जिल्ला समन्वय समितिका अध्यक्ष प्रेमबहादुर खड्का ,सांसद रिता माझी,एमाले रामेछाप जिल्ला कमिटी सचिव आनन्द श्रेष्ठ ,एमाले रामेछाप जिल्ला कमिटी पुर्व सचिव पुरुषोत्तम कडरिया लगाएतको उपस्तिथि थियो। प्रथम/द्वितीय /तृतीय पुरस्कार क्रमशः दुई लाख एक लाख र पचास हजार बिजेता टिमलाई ट्रफी ,मेडल सहित कार्यक्रममा प्रदान गरिएको छ।