काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु स्वभाविक भएको बताएका छन् ।

शुक्रबार ट्विट गर्दै थापाले पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष ‘प्रचण्ड’ र माओवादी केन्द्र पार्टी नै वैधानिक नरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन र । निर्वाचन आयोग, प्रचण्ड र माकेको अविलम्ब ध्यानाकर्षण हुनुपर्छ । २०७५ जेठ ३ यताको ३ वर्ष शून्य अवधि र थप समय पाउँदा पनि ६ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन् । अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त !’