मंसिर २३,रामेछाप ।नेकपा एमालेको दशौं महाधिवेशनबाट रामेछापका तीन जना केन्द्रिय कमिटीमा निर्वाचित भएका छन।

एमालेका केन्द्रिय सदस्यत्रय कमलप्रसाद चौलागाईं ,कैलाशप्रसाद ढुङ्गेल र माधव ढुङ्गेल एमाले केन्द्रिय सदस्यमा चितवनबाट निर्वाचित एवं सर्वसम्मत चयन भएका थिए।

नेकपा एमालेमा स्थायी कमिटी र पोलिटव्युरो  चयन हुने प्रक्रियामा छ।

रामेछापबाट स्थायी र पोलिटव्युरोमा नेतात्रय अटाउने संभावना उत्तिकै देखिएको छ।यद्यपि कैलाश ढुङ्गेलको स्थायी कमिटीमा हल्ला चलेपनी पोलिटव्युरो सदस्यमा अटाउने संभावना प्रवल भएको बुझिएको छ।

५१ सालमा संयुक्त जनमोर्चाबाट एमालेमा प्रवेश गरेपस्चात चौलागाईं एमालेको केन्द्रिय सदस्यमा समेटिएका थिए। रामेछापका पुराना कम्युनिस्ट नेतामध्यका एक चौलागाईंपनि पोलिटव्युरोमा अटाउन सक्छ्न।
त्यस्तै विद्यार्थी राजनीतिबाट उदाएका रामेछापका नेता माधव ढुङ्गेलपनि पोलिटब्युरो सदस्य हुनलागिपरेको बुझिएको छ। ढुङ्गेल स्थायी कमिटीका लागि दौडाहामा लागेको बुझिएको छ तर पोलिट्व्युरोमै पर्न मुस्किल भएको एमालेका नेताले बताएका छ्न।

मुलुककै सबैभन्दा ठूलो दल एमालेको पोलिटव्युरोमा  रहने सदस्य संख्या जम्मा ९९ छ ।

एमालेको टप ९९ जना नेतामा पर्ने काम महत्त्वपुर्ण र  चुनौतीपुर्ण कुरा हो।तर रामेछापबाट कैलाशप्रसाद ढुङ्गेलले यो चुनौतीलाई पार गर्दै पोलिटव्युरो सदस्य हुँदैछ्न भन्ने बुझिएको छ।