काठमाडौं, २३ मंसिर । पश्चिम नवलपरासी, २३ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा पश्चिम नवलपरासीका चर्चित नेता एमालेमा प्रवेश गर्नुभएको छ ।

२०७४ सालको स्थानिय निर्वाचनमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं। ३ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार तथा हालै सम्पन्न कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदका उम्मेदवार रामप्रसाद न्यौपाने एमालेमा प्रवेश गर्नुभएको हो । उहाँ एमालेमा प्रवेश गरेसँगै कांग्रेसलाई महाधिवेशनको पूर्वसन्ध्यामा झड्का लागेको छ । उहाँ एमालेमा प्रवेश गरेसँगै स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसलाई ठूलो धक्का लाग्ने बताईएको छ ।

कांग्रेस पार्टी भित्र कै लोकप्रिय व्यक्तित्वको रुपमा आफ्नो अस्थित्व बनाउन सफल न्यौपाने एक बौद्धिक व्यक्तिको रुपमा समेत हुनुहुन्छ । मिसन र भिजनलाई ढृढताका साथ व्यहारिकतामा रुपान्तरण गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्नुहुने न्यौपाने नेपालको विकास र समृद्धिको लागि एमालेको विकल्प नभएको भन्दै पार्टी प्रवेश गर्नुभयो । मुलुकको दिगो विकासको साथ साथै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन एमालेको नेतृत्व अनिवार्य अवाश्यकता रहेको औंल्याउँदै न्यौपानेले अबका दिनमा एमालेको नीति तथा सिद्धान्तलाई अंगिकार गर्दै आगामी एमालेको अभियानमा दृढताका साथ सफतामा पुर्याउन अगाडी बढ्ने बताउनुभयो ।

नवप्रवेशी नेता न्यौपानेलाई एमाले लुम्बिनी प्रदेश कमिटी सचीवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार अधिकारी र एमाले नवलपरासी जिल्ला कमिटी सचीवालय सदस्य तथा बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले खादा तथा अविर लगाई एमालेमा प्रवेश गराउनुभएको हो । पछिल्लो समय पश्चिम नवलपरासीमा एमाले प्रतिको आकर्षण बढ्दै गएको कुरा नवलपरासीका युवा नेता तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य रमेश पौडेलले बताउनु भयो ।जनता टाइम्सबाट