संखुवासभा,२४ मंसिर । पछिल्लो समय देशभर सत्तारुढ गठबन्धनका दलहरुबाट वितृष्ण भई नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । प्रयाः जसो दैनिक कांग्रेस, माओवादी पार्टी परित्याग गरी युवाहरु एमालेमा प्रवेश गर्ने गरेका छन् ।
यसै क्रममा विहिवार जिल्लाको पाँचखपन, सभापोखरी, मकालु तथा खाँदवारीमा गरी एक सयभन्दा बढी कांग्रेस तथा माओवादीका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । मिसन, भिजन र स्पष्ट दृष्टिकोण नै एमालेमा मात्र भएकाले मुलुकको विकास र समृद्धिको यात्रामा एमालेको नेतृत्व अपरिहार्य भएको उल्लेख गर्दै उक्त नेता तथा कार्यकर्ताहरु एमालेमाा प्रवेश गरेका हुन् ।
एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु मुरारि खतिवडा, वीरेन्द्र केसी, राजेन्द्र थापा, राधादेबि खनाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको जिल्ला पार्टी अध्यक्ष जित बहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम संचालक जिल्ला पार्टी सचिब कमरेड खड्ग राईले गर्नुभएको थियो ।
अतिथिहरुले नवप्रवेशीलाई खादा तथा अविर लगाई एमालेमा प्रवेश गराउनुभयो । नवप्रवेशीलाई स्वागत गर्दै अतिथिहरुले एमाले मुलुकको राजनीतिक मुल घर भएकाले उल्लेख गर्दै नवप्रवेशीको योग्यता, क्षमता र विगतको अनुभवतालाई मध्यनजर गर्दै उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाउनुभयो
प्रतिक्रिया