काँग्रेसको महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीको सम्बोधन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड “र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुन्न नसकेर सम्बोधन नसकिदै मञ्चबाट हिडेका  छन् ।

ओलीसँग प्रचण्ड र माधव नेपालको राम्राे सम्बन्ध रहेको छैन । उनीहरु लामाे समयपछि एकै मञ्चमा काँग्रेसको महाधिवेशनको मञ्चमा देखिएका थिए । उनीहरूको नामनै उच्चारण नगरेको र पार्टीलाई समेत तल्लो दर्जाको उपमा ओलीले थमाएका कारण नेपाल र प्रचण्डले ओलीको सम्बोधन सुन्न नसकेको आँकल गर्न थालिएको छ।

ओली महाधिवेशनको उद्घाटनमा  केही ढिला गरी आएका थिए ।महाधिवेशनमा सबै भन्दा धेरै मन्तव्य ओलीको रुचाईएको थियो। महाधिवेशन काँग्रेसको थियो ताली ओलीले पाईरहेका थिए।कांग्रेस महाधिवेशन ओलीमय बनेको देखिन्थ्यो।                                प्रचण्ड  र नेपाल लहरैको सोफामा ओली बसेनन् । प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए ।