काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री भएर प्रेम आले आउनुभन्दा झन्डै एक महिनाअघि देखि नै रिक्त थियो पशपति क्षेत्र विकास कोषको कोषाध्यक्ष पद ।

कोषका कोषाध्यक्ष मिलनकुमार थापाले प्रधानमन्त्री पत्नी आरजु राणाको शक्ति र राजनीतिक पहुँच प्रयोग गरेर सदस्यसचिव भएपछि कोषाध्यक्ष रिक्त थियो । हुनलाई यी दुवै पद २०७८ साउन अन्तिम सातादेखि नै रिक्त हुने थिए ।

पर्यटन मन्त्रालय एकीकृत समाजवादीको कोटामा पर्ने अनौपचारिक सहमति भइसकेको थियो । तर, मन्त्री नियुक्त भने भइसकेको थिएन । त्यही मौकामा थापाले हतारहतार सदस्यसचिवको पद पड्काए ।

तत्कालीन पर्यटन मन्त्री जितेन्द्र देवले थापालाई कोषाध्यक्ष बनाएका थिए । यती समूहका आङछिरिङ शेर्पाले मन्त्री देवलाई भनेपछि थापा कोषाध्यक्षमा नियुक्त भएका थिए ।

यती समूहका थापा हवाई दुर्घटनामा शेर्पाको निधनपछि प्रधानमन्त्री देउवापत्नी नजिक पुगेर पुनः नियुक्ति खान सफल भए । आफ्नो भागमा परेको मन्त्रालयमा प्रधानमन्त्रीले नियुक्त गरेको भनेर अध्यक्ष नेपालले आपत्ति जनाएका पनि थिए । तर, आफ्नो मन्त्री नियुक्त भएको झन्डै तीन महिना भइसक्दा पनि कोषाध्यक्ष नियुक्त गर्न भने सकेका छैनन् ।

एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटीले शशीराज पाण्डेलाई नियुक्त गर्न अध्यक्ष नेपाल र मन्त्री आलेलाई दवाव दिइरहेको खबर छ । पशुपति क्षेत्रको सेतो सुन(ह्वाइट गोल्ड) मानिने बालुवा वेचविखनका लागि लामो समयदेखि प्रयास गरिरहेका भक्त लामा र वालकृष्ण सिवाकोटीको पहलमा पाण्डे कोषको कोषाध्यक्ष हुन खोजिरहेका हुन् ।

व्यावसायी लामा र सिवाकोटीले पाण्डेलाई कोषमा ल्याउन जति पनि खर्च गर्ने भन्दै हिंडेको चर्चा छ । एकीकृत समाजवादीको जिल्ला पार्टी कमिटी र माधव नेपालनिटक केही नेतालाई आर्थिक प्रभावमा पारेको भन्दै एकीकृत समाजवादीभित्रै अहिले विवाद पनि सुरु भएको छ ।

पाण्डेभन्दा पहिला झलनाथ खनालले सहारा न्यौपानेलाई पनि कोषाध्यक्ष नियुक्त गर्न खोजेका थिए । स्रोतका अनुसार, उनको शैक्षिक योग्यता नपुगेपछि रोकिएको थियो । न्यौपानेलाई पनि घुमाउरो बाटोबाट तिनै लामा र सिवाकोटीले नेता खनालसम्म पु¥याएकोनेकपा एस स्रोत बताउछ ।

मन्त्री आलेले कोषको कोषाध्यक्षमात्र होइन्, आफ्नो मन्त्रालयका अन्य विभिन्न निकायमा पनि नियुक्ति र निर्णय प्रक्रियामा अलमल र विवादमा पर्न थालेका छन् । नेपाल बायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिमा नेता झलनाथ खनाल विवादमा परेका थिए ।

युवराज अधिकारीलाई नेता खनालको निर्देशनमा कार्यकारी निर्देशक बनाए । त्यसपछि त्यहाँका एमडी डिमप्रकाश पौडेललाई मन्त्रालयमा तानियो । खासमा पौडेललाई राजीनामा गराउन मन्त्रालयमा तानेका थिए । पौडेलले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेपछि राजीनामा नदिने बरु मन्त्री आलेलाई दुःख दिइरहने भन्दै मन्त्रालयमा हाजिर गरेर बसेकोस्रोत बताउछ ।

यता, तारागाउँ विकास समितिका विवादास्पद अध्यक्ष प्रल्हाद न्यौपानेलाई पनि मन्त्री आलेले हटाउन सकेका छैनन् । दिनदिनै मन्त्रीनिवास पुगेर न्यौपाने आफूलाई जोगाउने प्रयासमा लागेका छन् ।
कार्यकारी निर्देशकको अधिकारको दुरुपयोग गरेर न्यौपानेले समितिलाई विवादमा पारेका छन् । ह्यात रिजेन्सी होटलको जग्गा प्रकरणमा होटलसँगै मिलेर राज्य सम्पत्ति विचौलियालाई दिने खेलमा न्यौपाने सक्रिय रहेकोआरोप छ । त्यसमा मन्त्री आलेलाई कन्भिन्स गर्न खेलमा पनि लागिरहेका छन् ।

तीन वर्षअघि समितिले नै छानविन गरेर होटलले २५ अर्बभन्दा बढी रकममा चलखेल गर्न खोजेको निष्कर्ष निकालेको थियो । संसदीय समितिले पनि ह्यात जग्गा प्रकरणमा होटललाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको थियो । छानविन उपसमिति अहिले सभामुख रहेका सांसद अग्नि सापकोटाको नेतृत्वमा गठन भएको थियो । त्यही समितिमा रहेकी एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का भने अहिले हयात्का तिनै सरकारी सम्पत्ति लुट्ने व्यवसायीहरूको पक्षमा उभिन थालेको स्रोत बताउछ ।

पौडेल र न्यौपानेमात्र होइन् यता नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीसँग पनि आलेको सम्बन्ध विग्रिन थालेकोखबर छ। भन्सार कार्यालयमा रक्सी प्रकरणमा मुिछएका रेग्मीलाई कारबाही गर्नुपर्ने पक्षमा मन्त्री आले देखिएका छन् ।

त्यसैले रेग्मीको स्पेन भ्रमण रद्द गर्नुका साथै २०७८ मंसिर १७ गते शुक्रबारको पोखरा पर्यटन परिषद्को कार्यक्रममा एउटै मञ्चमा नबस्ने भन्दै मन्त्री आलेले रेग्मीलाई आउट गरेका थिए । पर्वतारोही निर्मल पुर्जाले आयोजना गरेको एक कार्यक्रममा पनि मन्त्री आलेले त्यसै गरेकोखबर छ । अहिले आलेले विवादास्पदलाई निकाल्न पनि सकेका छैनन् । र, नयाँ नियुक्ति पनि गर्न सकेका छैनन् । त्यसैले पर्यटन मन्त्रालयले गति नलिएको पनि चर्चा मन्त्रालयमा हुन थालेको छ ।

त्यसो त, पर्यटन विभागले ठेक्का आव्हान गरिसकेको खप्तड क्षेत्रसम्बन्धी करिब १४ करोडको एक परियोजनाका कारण विभागका महानिर्देशक र सेटिङमा रहेका कर्मचारी मन्त्री आलेसँग आक्रोशित हुन पुगेको खबर छ ।

विगत १५ वर्षदेखि विभागमा कार्यरत इन्जिनियर सत्येन्द्र यादवको सेटिङमा बढी मूल्यांकन गरेर ठेक्का दिन खोजिएको भन्दै मन्त्री आलेले ठेक्का रद्द गराईदिएका थिए । विभागमा उनीहरूले एक वर्षमा करोडौंको ठेक्का एउटै कम्पनीलाई दिने गरेको रहस्य मन्त्री आलेले पत्तो लगाएपछि खप्तड क्षेत्रको ठेक्काको बोलपत्र रद्द गराईदिएको मन्त्रालय स्रोत बताउँछ । साँघु न्यूज