नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केहीबेरमै शुरू हुँदैछ ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका २ महामन्त्रीका लागि सोमवार निर्वाचन भएको थियो ।
निर्वाचनको मतगणना बिहीवार बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया