काठमाडौं, पुस १ । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा उपसभापति पदमा विजय गच्छदारले दुई मतले पराजीत भएका छन् । देउवा प्यानलका उम्मेदवारग गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङ ले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादार पुनः मतगणना गराउने तयारीमा छन् ।
गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् । दुई मतले पछिपरेपछि गच्छादरले पुनः मतगणना गराउन सक्ने भन्दै औपचारिक मत परिणामसमेत घोषणा भएको छैन् । निर्वाचन समितिले गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको औपचारिक घोषणा गर्न बाँकि रहेको छ ।
कांग्रेसको मंगलबार सम्पन्न १४औं महाधिवेशनको मत परिणामअनुसार हालसम्म एक सभापति र दुई उपसभापतिको परिणाम आएको छ । कांग्रेस महाधिवेशनको मतदान प्रक्रियामा १ सय ३४ पदका लागि ४ सय ८९ उम्मेदवार मैदानमा थिए । जसमध्ये प्रदेश २ अन्तर्गतका दुई सदस्य पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन् भने अब ४ सय ७७ उम्मेदवारमध्ये १ सय २९ जना निर्वाचित हुन बाँकी छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार निर्वाचन सकिएलगत्तै सभापतिको मतगणना गरेको थियो । यस्तै, बुधबार साँझबाट उपसभापतिको मतगणना सुरु गरेको थियो भने आजबाट महामन्त्री पदको गणना गर्ने तयारी समितिले गरेको छ ।
प्रतिक्रिया