नेकपा एमालेका केन्द्रिय अध्यक्षलाई पार्टी संस्थागत तवरले चलाउन उनकै पार्टीका पुराना रामेछापका नेताले आग्रह गरेका छ्न।

केन्द्रिय कमिटीमा मनोनीत सदस्यको बिषयलाई लिएर रामेछाप काठमाडौ सम्पर्क मञ्चका पुर्व अध्यक्ष तथा लिखुतामाकोसी गाउँपालिका ६का अध्यक्ष शिवप्रसाद न्यौपानेले उक्त आग्रह गरेका छ्न।

महिला सदस्य कोटामा रामेछापबाट गीता कार्की मनोनीत भएपछि न्यौपानेको उक्त धारणा आएको छ।

“कार्की केन्द्रिय सदस्य भएकोमा म उहाँलाई बधाई दिन्छु।मैले राजनीतिमा पाईला टेकाएको मान्छे केन्द्रिय सदस्य  हुँदा जति खुसी छु,त्यो भन्दा धेरै दुःखित जिल्लामा लामो समय पार्टीलाई योगदान पुर्याएका महिलालाई पन्छाउदै कार्कीलाई मनोनीत गरेकोमा छु।” न्यौपानेले तीनलाल खबरलाई बताएका छ्न।

“०७२ सालमा सम्पर्क कमिटीबाट राजनीति गरेको व्यक्ति कार्की कुनै पनि तवरमा केन्द्रिय सदस्य हुन योग्यता नपुगेको व्यक्ति हो। जिल्लामा महिलाबाट केन्द्रिय सदस्य हुन योग्यता पुगेका महिला हुँदा हुँदै कार्की केन्द्रिय सदस्य हुँदा अन्य पार्टीले समेत एमालेमा योग्य नेताको अभाव भएको अनुभुति गर्न सक्ने वातावरण बनेको छ।यो पार्टीहितमा कदापि छैन।न्यौपानेको बुझाई रहेको छ।

यस्तो व्यक्तिलाई केन्द्रिय सदस्यमा कसले सिफारिस गर्यो? जिल्ला कमिटीमा छलफलनै नभएको व्यक्तिलाई सिफारिस गरेर केन्द्रिय सदस्य बनाउनु लज्जास्पद कुरा हो। पार्टीको बरिस्ठ उपाध्यक्ष ,तत्कालीन बाग्मती प्रदेश अध्यक्ष र जिल्ला ईन्चार्ज र महेस बस्नेतले सिफारिस गरिएको बुझिएको छ। यस्तो हो भने उहाँहरुले पार्टीलाई व्यक्तिगत तवरले चलाउन खोजेको हैनर ?न्यौपानेको मत रहेको छ।
यद्यपि रामेछाप पार्टी ईन्चार्ज कैलासप्रसाद ढुङ्गेल पोलिटव्युरो हुन नसकेकोमा खुसी नभएको बुझिएको छ।

मेरो आपत्ति कार्की केन्द्रिय सदस्य भएकोमा हैन, मैले एमालेमा हिड्न सिकाएको व्यक्ति केन्द्रिय सदस्य हुँदा खुसी छु ,नितिगत र  योग्यता पुगेको व्यक्तिलाई केन्द्रिय सदस्य नबनाएर पार्टी गलत ट्रयाकमा जान्छ भन्ने कुरामा मेरो आपत्ति हो। चोर बाटोबाट केन्द्रिय सदस्य बनाउने प्रवृत्ति विरुद्ध  मेरो आपत्ति हो।

हेमकुमारी तामाङ ,माया कार्की, गंगा कार्की, जस्ता योग्य महिला रामेछापमा हुँदाहुँदै गीता कार्कीलाई सिफारिस गरेर केही व्यक्तिले पार्टीलाई आफ्नो विर्ता बनाउन खोजेको न्यौपानेले आरोप लगाएका छन।

आर्थिक ,भौतिक ,राजनीति हरेक हिसाबले पार्टीलाई योगदान पुर्याउने कार्यकर्तालाई पाखा लगाएर पार्टी बलियो नहुने न्यौपानेको दावी छ।

मुलुककै ठुलो पार्टी एमालेको अध्यक्ष ओलीले जिल्ला जिल्लामा कम्तीमा जिल्ला अध्यक्ष र सचीवलाई सोधपुछ गर्ने परिपाटीको थालनी गर्नुभयो भने मात्र एमाले र एमाले अध्यक्षको चाम रहने न्यौपानेको बुझाई छ।

माओवादीले चलाएको हिंसात्मक बिद्रोहको समयमा ग्राउन्डमा खट्ने नेताकार्यकर्तालाई पाखा लगाउदै ग्राउन्डेड भएकालाई सिफारिस गरि पदिय दायित्व दिदा पार्टीलाई अफ्ट्यारो परेको बेला साथ दिने कार्यकर्ताले के सोच्न थाल्छ?नेतृत्वको समयमै ध्यानाकर्षण गराउन चाहन्छु न्यौपाने बताउछ्न

गिता कार्की केन्द्रिय सदस्य नहुनू पर्ने कारण के ?

चोर बाटोबाट कार्की केन्द्रिय सदस्य भएको आरोप लगाएका न्यौपाने उनलाई केही आरोप लगाउदै माओवादीसंग लडेर बसेकी माया कार्कीलाई किन सिफारिस गरेन भनेर रुष्ट बनेका छ्न। उनले गिता कार्की एमाले केन्द्रिय सदस्य मनोनीत हुन योग्य नभएको भन्दै केही आधार पेस गरेका छ्न।

कार्की दस बजे पसल जानू हुन्छ।पैसा लगाउनु हुन्छ।व्यापारीलाई तीन महिनाको चेक पहिल्यै कटाउनु हुन्छ।
उहाँको दैनिकी पैसा असुल्ने हो।

कालो कोट लगाएर अदालतमा उभिनुहुन्छ। नेताकोमा धाउनु हुन्छ।

मिटरव्याजमा पैसा लगाउनुहुन्छ।उहाँको यो योग्यताले गर्दा  केन्द्रिय सदस्य बनेको न्यौपानेले बताएका छ्न।