नेकपा एमालेकि केन्द्रिय सदस्य गिता कार्कीले आफ्नो बारेमा किन समाचार प्रकाशित गरेको भन्दै तीनलाल खबर डट कमलाई टेलीफोनबाट धम्की दिएकी छिन।

उनी केन्द्रीय सदस्य मनोनीत भएको बिषयमा नेकपा एमालेकै नेता एवं जनप्रतिनिधि तथा रामेछाप काठमाडौ सम्पर्क मञ्चका पुर्व अध्यक्ष शिवप्रसाद न्यौपानेको आधिकारिक धारणालाई तीनलाल खबरले  समाचार बनाएर प्रकाशित गरेकोमा कार्कीले धम्की दिएकी छिन।                                                                              कार्की: मलाई समाचार किन ट्याग गरेको ?
तीनलाल खबर:सामाजिक संजालमा ट्याग गर्न पाईन्छ नी,चित्त नबुझे ब्लक गर्ने अप्सन छ त।

कार्की : मेरो चरीत्र हत्या गर्ने ?
तीनलाल खबर: त्यस्तो त  समाचारमा केही छैन त ।
कार्की : प्रमाण छ, दिनुस,त्यतिकै आरोप लगाउने?
तीनलाल खबर: छ। मैले हजुरलाई केही आरोप लगाएको छैन,बरु शिव न्यौपानेलाई बुझ्नुस्त। तै पनि तपाई न्यायाधीश नभएकोले म तपाईलाई प्रमाण पेश गर्दिन ।बरु केही खण्डन छ भने प्रकाशित गरिदिन्छु दिनुस।

कार्की : म मुद्दा हाल्छु?
तीनलाल खबर: चित्त नबुझे हाल्न सक्नुहुन्छ। मलाई धम्काउनु भन्दा कानुनी उपचारमा लाग्नुस।(तीनलाल खबरसंग मोबाइलमा कार्कीले गरेको कुराकानीको सम्पादित अंश)