काठमाडौं, पुस २ । प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाउनु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको अपानि अनुसार प्रेस चौतारीको इञ्चार्ज प्रचार तथा प्रकाशन विभाग प्रमुख रहनुभएका उपमहासचिव गुरुङले पाउनु भएको हो । यसैगरी सहइञ्चार्जमा प्रचार तथा प्रकाशन बिभागका उपप्रमुख बिष्णु रिजालले जिम्मेवारी पाउनु भएको छ ।
प्रतिक्रिया