३ पौष ,रामेछाप । रामेछाप काठमाडौं सृजनशील समाजको आयोजनामा   रामेछापव्यापी शिक्षक वक्तृत्वकला प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा सहभागी हुन कार्यक्रम आयोजक र संयोजन एवं व्यवस्थापन गरेको मन्थली माध्यमिक बिद्यालयले रामेछापमा कार्यरत शिक्षकहरुलाई अनुरोध गरेको छ।

“समृद्ध रामेछाप सुखी रामेछापेली”का लागि  “रामेछाप विकास बहस”अन्तर्गत “रामेछापको बिकास संभावना, समस्या र समाधान” बिषयक रामेछापव्यापी शिक्षक वक्तृत्वकला प्रतियोगिता २०७८ माघ २८/२९  गते मन्थली रामेछापमा हुने आयोजकले जनाएको छ।

वक्ताले आफ्नो प्रस्तुति राख्न ७ मिनेटको समय पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम,द्वितीय ,तृतीय र सान्त्वना पुरस्कार क्रमश रु.१०००० ,७०००,५०००,३०००(३जना) धनराशि सहित प्रमाणपत्र र मायाको चिनो हुने आयोजकले बताएको छ।

साथै “रामेछाप बिकास बहस”  पुस्तकमा प्रतियोगीले प्रस्तुत गरेको वक्तृत्वकलालाई प्रकाशन गरिने समेत आयोजकले जनाएको छ।

आयोजकले विस्तृत जानकारीको लागि आयोजक टिम :(सृजनशील समाज)पवनराज खड्का 9854040200
रामहरी बुढाथोकी 9841784899तुल घिसिङ 9844213001बिपिन भट्टराई  9854043100 पुरुषोत्तम बुढाथोकी  9854043510 र संयोजन/ब्यबस्थापन टिम (मन्थली माबी)पेशल आचार्य  9844044083 चन्द्रसिंह धामी 9844403491 टंकराज सुबेदी  9844437515 मा सम्पर्क गर्न बिद्यालय र शिक्षकलाई अनुरोध गरेको छ।